आपतकालिन ब्यवस्थापनका लागि बाढी प्रभावित तीन जिल्लालाई अढाई करोड निकासा

काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङको तटिय क्षेत्रमा ब्यापक क्षति पुरयाए पछि तत्काल ब्यवस्थापनका लागि २ करोड ५० लाख छुटाइएको छ ।

विपद् परिषद्को आपत्कालीन बैठकले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित तीन जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णयसँगै सो रकम छुटाइएको हो ।

बिपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १र१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको बताए। उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ।