काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले भारत र चीनसँग सहयोग मागेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले दुवै देशका सम्बन्धित पक्षसँग सहयोगका लागि कुराकानी गरिरहेका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भारत र चीन आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिएका छन्।
#रसुवाबाढी #उद्धार #राहत #भारत #चीन #ArghakhanchiCom #ArghakhanchiComHD