
रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण ३ सय ८४ जना आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।
बुधवार न्युज सँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताउनुभएको हो ।


उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा अमेरिका, चीन र भारतका पर्यटक र पथप्रदर्शकहरु रहेका छन् । उहाँले सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतबाट आएका पर्यटकहरु रहेको समेत बताउनु भयो ।





