रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको हो ।

उहाँले बैठक बाढीजन्य विपद्पछिको खोज, उद्धार र राहतको विषयमा सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा नै केन्द्रित भएको बताउनुभयो ।

खरेलले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत र पुनर्निर्माणका कार्यमा पार्टीको ¥यापिड एक्सन टिम’ले काम गरिरहेको समेत जानकारी दिनभयो ।

उहाँका अनुसार पार्टी सभापति रवि लामिछानेले यस विपद्को समयमा पीडामा रहेका नागरिको उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ ।