
काठमाडौं, भदौ ११ । हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेल पक्राउ परेकी छन् । पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ ।


ब्युरोका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर जबराका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ उनलाई पक्राउ गरिएको हो ।
सीआईबीका हिमालय सेक्युरिटी बैंकर लि.का सञ्चालक अध्यक्ष दिपककुमार श्रेष्ठलाई पनि बिहीबार पक्राउ गरिएको छ ।

त्यस्तै बुधबार हिमालयन इन्भेष्टमेन्ट बैंकर लि.का लगानी संयोजक सुमेर शमशेर जबरालाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।




