टनेल उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ, ढिलाइ गर्दा मानवीय क्षति हुनसक्छ–पूर्वकार्यकारी प्रमुख भट्ट

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

इन्जिनियर भट्टले नेपालमा सुरुङ निर्माणको युग शुरु भएपनि सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक प्राविधिक विज्ञता र क्षमता अझै विकास भइनसकेको बताउनु भयो ।