
चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् ।


राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र सङ्घीय संसदका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।





