
काठमाडौँ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गरेका छन् । काँग्रेस विपदमा राहत र उद्धारका लागि पार्टीका प्रशिक्षित कार्यकर्ताका साथै भातृ संगठनलाई पनि खटाएको उनले जानकारी दिए ।


यसअघि आजै सभापति गगन थापाले बढीपछि अहिलेसम्म पार्टीले गरेका काम र प्रभावित जिल्लाको अवस्था बारे सम्बन्धित जिल्लाका नेताहरुसँग छलफल गरेका थिए ।




