राज्य पुनर्संरचनामा एकल जातीय राज्य एमाले राष्ट्रिय कार्यकर्ता भेलाद्धारा अस्वीकार

राजधानीमा हिजोदेखि जारी नेकपा एमालेको राष्ट्रिय कार्यकर्ताका भेलाका सहभागीहरुले नयाँ संविधान निर्माणका लागि संविधानसभाको अर्को निर्वाचन गर्नुको सट्टा विशेषज्ञ सम्मिलित आयोग गठन गर्न वा सर्वदलीय सहमतिका आधारमा संविधान लेखनको कामलाई पूर्णता दिन सुझाव दिएका छन् । उनीहरुले संसदको निर्वाचन गरी त्यही संसदबाट संविधान अनुमोदन गरी जारी गर्ने प्रक्रिया अपनाउन पनि सुझाव दिएका छन् ।

 

त्यसैगरी अधिकाश सहभागीहरुले राज्यको पुनर्संरचना गर्द एकल जातीय पहिचानमा नगई वहुपहिचानमा आधारित मिश्रित नामका संघीय इकाइ बनाउनु पर्ने र बढीमा ८ वटा प्रान्त बनाउन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

 

सहभागीहरुले पार्टीभित्र असन्तुष्ट रहेका आदिवासी-जनजाति र मधेशी नेताहरुलाई पार्टी नीति र निर्णय विपरित अभिब्यक्ति नदिन र पार्टी नेतृत्वले पनि असन्तुष्ट पक्षलाई मिलाएर लैजानु पर्ने सुझाव पनि दिएका छन् । राजधानीको सभागृहमा आयोजित कार्यकर्ता भेलामा सहभागीहरुका ६ वटा समूह बनाई छलफल गराइएको थियो ।

 

कार्यकर्ता भेलाकैबीच एमाले अध्यक्ष झलनाथ खनालले कार्यकर्ता भेलाले दिएको सुझावका आधारमा एमाले बहुपहिचानका आधारमा संघीय राज्य बनाउनेतर्फ दृढतापूर्वक लाग्ने बताउनुभयो । RSS

अन्य समाचारहरु