डडेल्धुरामा लामो खडेरीका कारण खेतीपाती चौपट भएपछि पानी पार्न घटाल बाबा मन्दिरमा जात्रा

डडेल्धुरामा लामो खडेरीका कारण खेतीपाती चौपट भएपछि स्थानीयवासीले पानी पार्न घटाल बाबा मन्दिरमा जात्रा गरेका छन् ।

 

ईन्द्रका भानिज समेत रहेका घटोत्कचको पूजा गरे पानी पर्ने जनविश्वासका साथ घटाल मन्दिरमा बोकाको बलि सहितको जात्रा गरिएको हो ।

 

जात्रामा पहाडी भेगका सर्वसाधारण समेत सहभागी थिए । खडेरी परेको बर्ष घटाल मन्दिरमा बलि दिएर जात्रा गरे बर्षा हुने जनविश्वास रही आएको छ ।

 

जात्राको क्रममा रातभर जाग्राम बस्नु पर्छ भने भोलिपल्ट बोकाको बलि दिएर घटालको मूर्ति अगाडी रहेको घटमोरोमा जल चढाएर धामीझाक्री सहित पानीका लागि प्राथना गर्ने प्रचलन रही आएको छ । – RSS