आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।

हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा कोशीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

#मौसमपूर्वानुमान #मनसुन #भारीवर्षा #ArghakhanchiCom #ArghakhanchiComHD