२२ वर्षुनिको एएफसी एशिया कप फुटबलको छनौट अन्तर्गत नेपाल जोर्डेनको सामना

काठमाडौं, ८ असार  २२ वर्षुनिको एएफसी एशिया कप फुटबलको छनौट अन्तर्गत आफनो अन्तिम खेलमा नेपालले शुक्रवार जोर्डेनको सामना गर्दैछ । खेल बेलुकी ६ बजेपछि दशरथ रंगशालामा हुनेछ ।



लगातार दुर्इ खेल हारेको नेपालको छनोट हुने सम्भावना लगभग समाप्त भईसकेको छ । तर अरु टिमका बाकी खेलको नतिजामा गणितीय फेरबदलले मात्रै नेपाल छनोट चरण पार गर्न संभावना बाकी हुनेछ । समुह डीमा सबैभन्दा बलियो मानिएको जोर्डेन अहिलेसम्म खेलेका दुवै खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ ।



दुर्इ खेलबाट समान ६ अंक जोडेको उज्वेकिस्तान भने दोस्रो स्थानमा छ । एउटा जीतबाट ३ अंक जोडेको नेपाल तेस्रो तथा समान ३ अंकका साथ यमन चौथो स्थानमा छन् । समूहका शीर्ष दर्ुइ टोली मात्रै एशिया कपमा छनोट हुनेछन् । बंगलादेश भने अंकविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।