– मनोज के.सी
मैड्रिड, स्पेन । आज राती हुने युरो कप २०१२ क्वाटरफाइनलमा स्पेन र फ्रान्स भिडदै छन। आज हुने यस् फुट्बल खेलमा यि दुई विषेश समुह हुन । युरोकप र विश्र्वकप समेत जितिसकेका यि दुई देश यहाँका शहरमा खेलकुद प्रेमीहरुले व्यापक तयारी गरेका छन। बार- रेष्टुराहरु लगायत जताततै ठुलो चहलपहल देखिन्छ ।
उता दुवै देशका खेलाडी हिजै नै युक्रेनमा पुगिसकेका छन।
आजको खेल महत्वको रुपमा लिएको छ, फ्रान्स पनि स्पेन भन्दा कम छैन। यि दुई छिमेकी देशको खेलमा स्पेनले नै जित्छ भन्ने अडकल बाजीहरु गरिएका छन । आखिरी खेल त हो एकले हार्ने र जित्ने त हुन्छ नै र यसभन्दा अगाडि हिजो जर्मनीले आर्थिक संकटमा गुज्रिएको ग्रिसलाई ४-२ ले हराएको थियो ।
पोल्यान्डमा भएको उक्त खेल हेर्न जर्मन चांसलर एंजेला मार्केला रोममा चार युरोजोनका ठुला अर्थतन्त्र भएका देशका नेताहरुको बैठक सकाएर त्यहाँ पुगेकी थिइन। साथै जेल जीवन भोगिरहेकी प्रमुख विपक्षी नेत्रुको कारणले गर्दा युक्रेनमा हुने खेलमा युरोपियन नेताहरुले बहिष्कार गरेका छन।