काठमाडौ, १०असार साविक विजेता स्पेन यूरो कप फूटबलको अन्तिम चारको यात्रा तय गरेको छ । शनिबार राति फ्रान्सलाई शून्यका विरुद्ध दुई गोलले हराउदै स्पेन सेमिफाईनल प्रवेश गरेको हो ।
सेमिफाईनलमा स्पेनले बुधबार पोर्चुगलको सामना गर्नेछ । यूक्रेनमा भएको खेलमा स्पेनलाई जिताउन दुवै गोल जाभी अलोन्सोले गरका थिए ।
४६ हजार दर्शकका सामू १९औ मिनेटमा जाभी अलोन्सोको गोलमा अग्रता लिएको स्पेनले खेलको अन्त्यमा ईञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै दुई शुन्यको जित सुनिश्चित गर्यो ।
स्पेनको दबाब रहेको खेलमा फ्रान्सले केही प्रहार गरे पनि स्पेनी गोलकीपर ईकर कासिलासले असफल पारिदिए । प्रतियोगिताको अन्तिम क्वाटरफाईनलमा आइतबार राति इग्ंल्याण्ड र ईटली बीच प्रतिष्पर्धा हुदैछ । ।