नवगठित नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सीपी गजुरेललाई उपाध्यक्ष तथा देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवलाई सचिव

काठमाडौं –  नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सीपी गजुरेललाई उपाध्यक्ष तथा देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवलाई सचिव बनाएको छ । नवगठित नेकपा माओवादीको आइतवार बसेको पोलिटब्यूरो बैठकले सो निर्णय गरेको हो । 

 

स्थायी समितिमा पनि केही नेता बढुवा गर्न तयारी भएपनि केन्द्रिय समितिमा थप भएमात्रै पोलिटब्यूरो सदस्यलाई स्थायी समितिमा लैजाने नभए पोलिटब्यूरोलाई शक्तिशाली बनाउने तयारी भैरहेको छ । 

 

प्रचण्डले मनपरी ढंगले जिम्मेवारी दिएकोले अहिले मिलाउन समस्या बैठक स्रोतले जनाएको छ । केन्द्रिय समिति बैठकका एजेण्डा तय गर्न बसेको पोलिटब्यूरो बैठकले वर्गीय मुद्दालाई ओझेल पार्न गरी चर्का जातिवादी सोंच हावी हुन थालेकोले त्यसलाई रोकेर वर्गीय विषयलाई अघि बढाउनु पर्नेमा जोड दिएको स्रोतको भनाई छ ।

अन्य समाचारहरु