नायिका ऋचा घिमिरेलाई पुत्र लाभ

– उमाकान्त पाण्डे गाउले

नायिका ऋचा घिमिरेलाई पुत्र लाभ भएको छ । ऋचाले काठमाण्डौको ओम अस्पतालमा आइतवार ३ केजी ७ सय ग्राम तौलको छोरो जन्माएकी हुन् । छोरालाई जन्म दिएपछि उनका पति शंकर घिमिरेले सवैभन्दा पहिला छोराको अनुहार हेरेका थिए । तर, नायिका क्रृचालाई भने छोरासँग २४ घन्टा अलग राखिएको थियो । सोमवार विहान साढे १२ बजे मात्र छोरा र आमालाईसगै राखिएको वताइएको छ ।

असार २४ गतेका लागि चिकित्सकले डेट दिएपनि १४ दिन अघि नै क्रृचाले छोरालाई जन्म दिएकी हुन् । उनको अप्रेशन मार्फत वच्चा निकालिएको थियो । अप्रेशन सुरु भएको २५ मिनेटमा वच्चा निकालिएपनि क्रृचाको अप्रेशनका लागि भने ४५ मिनेट लागेको थियो । उनले आइतवार विहान ११ वजेर २४ मिनेटमा छोरालाई जन्म दिए पनि पुत्र लाभका वारेमा आइतवार बेलुकी अबेरमात्र जानकारी गराइएको थियो ।

अहिले वच्चा र आमाको अवस्था सामान्य रहेको वताइएको छ । वच्चाको अनुहार वावु आमाको भन्दा केही गोरो छ । नायिका घिमिरेलाई सोईलिङ र प्रेशर वढेपछि अस्पताल भर्ना गरिएको हो । आमा र छोरालाई वुधवारसम्म अस्पतालमा राखिने भएको उनका पति शंकर घिमिरेले जानकारी दिए । छोराको जन्म भएपछि क्रृचाका पति निर्देशक शंकर घिमिरेले आफ्नो जिवनको विवाह पछिको सवैभन्दा खुशिको पल रहेको प्रतिक्रिया दिएका छन् ।

——————————————————————————————————————————-

मुम्बई
– सलमान खानको फिल्म दवङ्ग २ को सुटिङमा विस्फोट हुँदा फिल्मका तीन
प्राविधिकहरु घाइते भएका छन्। मुम्बईको महेवुव स्टुडियोमा सुटिङ भइरहँदा
सर्ट सर्किटका कारण विस्फोट भएको हो।
 
विस्फोटपछि हिजै घाइतेहरुलाई नजिकैको लिलावती अस्पताल उपचारका लागि
लगिएको थियो। वलिउड हङ्गामाका अनुसार दवङ्ग २ को एक्सन सिक्वेन्सको सुटिङ
चलिरहेको थियो। 

 
यस्तो सिक्वेन्समा हुनसक्ने जोखिमबाट बच्न डक्टर तथा एम्बुलेन्सलाई
स्ट्यान्डवाई राखिएको हुन्छ। घाइतेहरुलाई डक्टरहरुले एम्बुलेन्समा राखेर
लगेका थिए। तीन जना प्राविधिकको स्थिति खतरामुक्त रहेको छ। दुर्घटना लगत्तै
सलमान खान लिलावती अस्पताल पुगेका थिए। विस्फोटमा कलाकारहरुलाई कुनै चोट
भने लागेको छैन।

फिल्ममा दवङ्ग कै जोडी खान र सोनाक्षी सिन्हाले मुख्य भूमिका निभाएका छन्। – एजेन्सी