– कृष्ण खनाल
बुटवल असार १३ । सानो उमेरमा आमाको मायुबाट बन्चित भई जिवीको पार्जनका लागि मासिक १ हजार रुपैयामा एक ग्यारेजमा काम गर्ने १३ बर्षिय बालक चलचित्रको सहायक हिरो बनेका छन् ।
आफ्नी आमाको माँयाबाट त बन्चित भए नै बुवाले पनि वास्ता गर्न छाडेपछि पढाईलाई विचैमा छाडेर ग्यारेजमा कामगर्ने ती बालकलाई एक फिल्मको निर्देशकले ग्यारेजबाट उठाएर फिल्मको सहायक हिरोकोरुपमा अभिनय गराएका हुन् ।
झट्ट सुन्दा अपत्यारिलो तथा चलचित्रको कथा जस्तो लाग्ने यो अवस्था चलचित्रको कथा नभएर वास्तविकता हो ।

पछिील्लो समयमा रुपन्देहीका विभिन्न भागमा धमाधम सुटिङ्ग भईरहेको चलचित्र माजरीका निर्देशक गणेशदेव पाण्डेले बुटवल -४ मैनावगरको एक गाडी ग्यारेजमा कामगर्ने १३ बर्षिय पुजन थापालाई उनको निर्देशनमा सुटिङ्ग भईरको दोस्रो चलचित्र माजरीमा नायकको साथीको रुपमा मात्र अभिनय गराएका छैन्न उनलाई उचित शिक्षा दिक्षा प्रदान गर्नुका साथै चलचित्र क्षेत्रमै लगाउने प्रतिवद्धता समेत जनाएका छन ।
मंगलबार चलचित्र छायांकन स्लथ रुपन्देहीको बोलवम धाममा भेटिएका निर्देशक पाण्डेले उसको अवस्था तथा प्रतिभाको कारण आफुले चलचित्रमा अभिनय गराएको जानकारी दिए ।
सानै छँदा आमाले अर्कोसंग विवाह गरेर गएपछी हजुरबुबाको शरणमा बस्दै आएका आफ्ना बुवा केशव थापाले समेत वेवास्ता गरेपछी ग्यारेजमा बालमजदुरको रुपमा काम गर्न वाध्य थिए । केहि बर्ष पहिले बुटवल-४ मैनावगरमा रहेको उजीर िसंह माविमा कक्षा-३ सम्म मात्र अध्यान गरेका उनले गरिवको कारण पढाईले विचैमा छाडेर ग्यारेजमा काम गर्न थालेको बताउदछन ।
टुका ईन्टरटेन्मेन्टको ब्यानरमा छायाङक्न भईरहेको चलचित्रमा स्थानिय तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ । निर्माताद्वय महेश चालीसे र नरेश पाण्डको रहेको चलचित्र विशुद्ध प्रेमकथामा आधारित रहको चलिचित्रका निर्माता नरेश पाण्डेले जानकारी दिए ।
चलचित्रमा बरिष्ठ कलाकार टिका पहारीका छोरा गौरब पहारी र नवनायिकाका रुपमा सुजाता कोईरालाले डेब्यु गरेका छन । करिव ३५ दिनमा छायाङ्कन सक्नेगरी निर्माण कार्य भईरहेको चलचित्रको १३ औ दिनमा आईपुग्दा २५ प्रतिशत काम सुरु भईसकेको निर्माण युनिटले जनाएको छ ।
बुटवल भैरहवाको अतिरिक्त काठमाण्डौ र नारायणगढमा समेत छायाङ्कन हुने उक्त चलचित्रमा ५ वटा गितहरु समावेस गरिएको छ । करिव ६० लाखको बजेटमा निर्माण सक्ने बताइएको उक्त चलचित्रमा बिष्णु रिजाल टिका पहारी कोपीला थापा आभा अर्याल सरीता भण्डारी मुरली प्रसाद कशौधन कुलचन्द्र पुरी शान्तराम गिरी अशोक गिरी बाल कलाकारको रुपमा उनै ग्यारेजमा काम गर्ने पुजन थापा लगायतले अभिनय गरेका छन ।
सह निर्देशशन गोबिन्दिसंह भण्डारी संगीत कालीप्रसाद बास्कोटा निर्माण प्रबन्धकमा मुरली प्रसाद कशौधन रहेका छन ।