मन्त्रिपरिषद्का झन्डै आधा मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं – मन्त्रिपरिषद्का झन्डै आधा मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । नियुक्त भएको १५ दिनमा आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने स्थापित परम्परा भए पनि १८ मध्ये आठ मन्त्रीले नबुझाएका हुन् ।

 

मन्त्रिपरिषद्को बेवसाइटमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित ११ जनाले मात्र सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।

 

 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा २०४८ सालमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी प्रधानमन्त्री र मन्त्रीहरूले पदमा बहाली भएको १५ दिनमा अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउने परम्परा बसालिएको थियो ।

 

विवरण नबुझाउने मन्त्रीमा अनिलकुमार झा (उद्योग), राजकिशोर यादव (सूचना तथा सञ्चार), चन्द्रदेव जोशी (भूमिसुधार), केशवमान शाक्य (वातावरण, विज्ञान तथा प्रविधि), एकनाथ ढकाल (सहकारी तथा गरिबी निवारण), कुमार बेलवासे (श्रम तथा रोजगार), यदुवंश झा (वन) र बद्रीप्रसाद न्यौपाने (महिला, बालबालिका तथा समाज कल्याण) छन् ।

 

– RSS

अन्य समाचारहरु