जर्मनीलाई २ एक गोल अन्तरले हराउँदै इटाली फाइनलमा, अब स्पेनसँग भिड्ने

Germany v Italy - UEFA EURO 2012 Semi Final

 

 काठमाडौं – मारियो बालाटोलीको उत्कृष्ट प्रदर्शनसँगै इटाली यूरोकप फुटबलको फाइनलमा पुगेको छ ।
 
गएराति जर्मनीलाई २ एक गोल अन्तरले हराउँदै इटाली फाइनलमा पुगेको हो । इटाली अब उपाधिका लागि स्पेनसँग आइतबार राती भिडनेछ ।
 
बालाटोलीले खेल शुरु भएको २० औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३६ औ मिनेटमा गरेका थिए । जर्मनीका लागि ओजिलले ९० औं मिनेटमा सानत्वना गोल गरेका थिए ।
 
इटालीले एउटा पनि कर्नर नपाउँदा जर्मनीले १४ ओटा कर्नर पाएको थियो  । इटालीमाथि दबाब बढाएपनि गोल गर्न नसकेपछि जर्मनी उपाधी होडबाट बाहिरिएको छ ।
 
उपाधिका लागि आउदो आइतवार राति इटालीले साविक बिजेता स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । पेनाल्टी सुट आउटमा ४ दुईले पोर्चुगललाई हराउँदै स्पेन फाइनलमा पुगेको हो ।
 

 

– एजेन्सी