पोखरा । तनहुँको जामुने र बाग्लुङमा अविरल बर्षापछि आएको पहिरोले ९ जना पुरिएका छन् । तनहुँको जामुने १ ट्याम्केमा पहिरोले पुरिएर सात जनाको मृत्यु । बिहीबार साँझदेखि परेको अविरल बर्षा पछि राती आएको पहिरोले स्थानीय शाहीबहादुर बिकको घर बगाउँदा उनकी श्रीमति २४ बर्षकी रुपा बिक, छोरी आठ बर्षकी पूणिर्मा बिक र रुपाकी बहिनी देवीमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही पहिरोमा पछि छिमेकीहरु २० बर्षकी शुष्मा विक, उनकी छोरी रेखा विक त्यस्तै १५ बर्षका दुर्गा विक र १६ बर्षकी सम्झना विक रहेको बताईएको छ । घटना स्थलमा स्थानियबासी तथा प्रहरीले उद्धार कार्य जारी राखेको छ । भने क्षतिको यकिन विवरण पनि आउन बाँकी रहेको छ ।
बागलुङको हटियामा पहिरोले एक घर पुर्दा तीन जना वेपत्ता भएका छन् । हिजो साँझदेखि आएको अविरल वर्षाका कारण आएको पहिरोले हटिया गाविस वडा नं ३ चौताराको एकै घरको तीन जना वेपत्ता भएका हुन् । स्थानिय टेकबहादुर खत्रीको घर पुरिदा खत्रीकी श्रीमती ६४ वर्षीया पवित्रा खत्री, घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस वडा नं ८ की अन्दाजी २२ वर्षीया लक्ष्मी सुनार र उहाँका ३ वर्षीया छोरा सुदिप सुनार भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा जानकारी पाएलगत्तै हटिया प्रहरीचौकी र ईलाका प्रहरी कार्यालय हरिचौको टोली घटनास्थलमा पुगेको छ । अहिले डोजर लगाएर पहिरो हटाउन थालिएको र वेपत्ताहरुको खोजि भईरहेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । – RSS