ऐश्वर्या राय कारणका सलमान खान र अभिषेक बच्चनबीचको शितयुद्ध अन्त्य

बलिउड अभिनेता सलमान खान र अभिषेक बच्चनबीचको तिक्ततापूर्ण सम्बन्धको बारेमा सबै परिचित छन् ।

 

उनीहरुबीच राम्ररी बोलचाल समेत छैन । यसको एउटै कारण भने ऐश्वर्या राय नै हुन् । सुरुमा सलमान खानसँग प्रेम गरेकी ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरेपछि अभिषेक र सलमानको सम्बन्ध नराम्ररी बिगि्रयो । तर हालैको एक घटनाले भने अभिषेक र सलमानबीचको शितयुद्धको अन्त्य गरिदिएको छ ।


फिल्म शूटिङको क्रममा मुम्बइको एक स्टुडियोमा सँगै भेट भएपछि यी दुइ हिरोहरु भलाकुसारी गर्दै पुनः सम्बन्ध सुधार्ने टुंगोमा पुगेका छन् । मेहबूब स्टुडियोमा यी दुइबीच आमनेसामने भएपछि धेरैले के हुने हो ? भनेर उत्सुकताका साथ हेरेका थिए । यी दुइले एक अर्कालाई नदेखेझैँ गरेर मुन्टो बटार्छन् भन्ने अड्कल विपरित अभिषेक र सलमानले हात मिलाए र कुराकानी गरे ।


वास्वतमा मित्रताको मामिलामा अभिषेक अघि रहेछन् । उनी आफै सलमान भएको ठाउँमा पुगेर हात अघि सारे । अभिषेकले हात तेर्साएपछि सलमानले मुन्टो बटार्ने कुरो भएन । उनले पनि हात मिलाउँदै अभिषेकलाई अँगालो हालिहाले । त्यसपछि उनीहरु पूराना मिल्ने साथी जस्तै गरी गफिए ।

 

अभिषेक र सलमानले पूरानो तिक्तता बिर्सिएर अब नयाँ शिराबाट सम्बन्ध अघि बढाउने प्रण गरेका बताइएको छ । बधाइ छ सलमान र अभिषेकलाई ।