काठमाडौ – सेयर बजार परिसूचकमा वृद्धि आए पनि कारोबार रकममा ठूलो गिरावट आएको छ । यस साता १७ करोड ३१ लाख ३० हजार रुपैयाँ बराबरका ५ लाख ७८ हजार ८ सय ६४ कित्ता शेयर खरीद बिक्री भएका छन् ।
यो गत साता भन्दा ४२ दशमलव ६४ प्रतिशत कम हो । गत साता ३० करोड १८ लाख ५२ हजार रुपैया बराबरका १० लाख १४ हजार ९ सय ५१ कित्ता शेयर खरीद बिक्री भएका थिए ।
नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) पहिलो दिनको तुलनामा २ दशमलव ०७ अंकले घटेर ३ सय ७७ दशमलव ४८ बिन्दुमा पुगेको छ । यसका साथै तीन उप समूहमा गिरावट र ५ मा वृद्धि आएको छ । वाणिज्य बैंक समूह ० दशमलव ८, अन्य ९ दशमलव ४, जलविद्युत ११ दशमलव १९, व्यापार ० दशमलव ०८ र विकास बैंक १ दशमलव १३ अंकले बढेका छन् । होटल ० दशमलव ७६, बिमा ० दशमलव ९५ र वित्त ० दशमलव ७१ अंकले घटेका छन् ।
धेरै रकमको कारोबार गर्ने संस्थामा बैंक अफ काठमाडौं, चिलिमे हाइड्रो पावर कम्पनी, एभरेष्ट बैंक, हिमायलन बैंक र नेपाल इन्डस्टि्रयल एन्ड कमर्सियल बैंक गरेका छन् ।
-RSS