
चीनले नयाँ समूहका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको उत्तरी क्षेत्रमा रहेको शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो ।
पाइस्याट–२ १३ देखि १६ नाम दिइएका चारवटा उपग्रहलाई रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेका छन् ।


प्रक्षेपण केन्द्रका अनुसार यो अभियानसँगै लङ मार्च रकेट शृंखलाको कुल उडान संख्या ६६८ पुगेको छ । यो प्रक्षेपण चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत नियमित रूपमा अघि बढिरहेको उपग्रह प्रक्षेपण अभियानको पछिल्लो कडी हो ।





