चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन

चितवनबाट पठाइएको समाचार अनुसार वाणिज्य विभागको टोलीले विहिवार चितवनको मुग्लिन बजारमा रहेका होटलहरुमा अनुगमन गरेको छ ।

 

साथै विभागका महानिर्देशक नारायण प्रसाद विडारीको नेतृत्वमा गएको ५ जनाको टोली र चितवनबाट गएको जिल्ला खाद्य निरीक्षक तथा उपभोक्ता हकहित संरक्षण मञ्चको टोलीले संयुक्त रुपमा होटलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा दर्ता नगरी संचालन गरिएको भगीरथ होटल र जैसवाल कोल्ड स्टोर बन्द गराइएको छ ।

यसैगरी भगीरथ होटल दर्ता नभएको, भान्छा अत्यन्त फोहोर रहेको र खानामा अखाद्य रङ प्रयोग गरेको पाइएको टोलीले जनाएको छ । यस्तै, जैसवाल कोल्ड स्टोर पनि दर्ता नभएको र मिति नाघेका खाद्य तथा पेय पदार्थ भेटिएको टोलीले जनाएको छ ।