अर्घाखाँची : चन्द्रप्रभा माविमा अभिभावक भेला, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित )

चन्द्रप्रभा माविमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण , शैक्षिक अवस्था सुधारसँगै विद्यालयको ऐतिहासिक पहिचान संरक्षणमा जोड

अर्घाखाँची, असोज ८ । सन्धिखर्क नगरपालिका–७ स्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people, dais and text

सन्धिखर्क–७ को बहुउद्देश्यीय हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे अभिभावकसँग छलफल गर्नुका साथै विद्यालयको आर्थिक तथा भौतिक अवस्थाबारे जानकारी गराइएको थियो। विद्यालयले विभिन्न समयमा आयोजना गरेका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले सामुदायिक विद्यालयप्रति अभिभावक तथा समुदायको विश्वास बढाउन विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय, अभिभावक र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

May be an image of one or more people, dais and text

वक्ताहरूले सामुदायिक विद्यालयको शिक्षामा आवश्यकताअनुसार बजेट विनियोजन हुन नसक्नु, अभिभावकको विद्यालयप्रतिको चासोमा कमी लगायतका कारण अपेक्षित शैक्षिक परिणाम हासिल गर्न चुनौती रहेको बताएका थिए।

कार्यक्रममा चन्द्रप्रभा माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि बारे समेत चर्चा गरिएको थियो। विद्यालयको इतिहास नेपाल एकीकरणको इतिहाससँग जोडिएको बताउँदै वक्ताहरूले यससँग सम्बन्धित ऐतिहासिक विषयको संरक्षण तथा अध्ययनमा जोड दिनुपर्ने बताएका थिए।

May be an image of one or more people and text

images

इतिहासबारे चर्चा गर्दै वक्ताहरूले बाइसे–चौबिसे राज्यको समयमा गोर्खाका राजा नरभूपाल शाह र डिहीडाँडाकी रानी चन्द्रप्रभावतीबीच विवाह भएको तथा उनीहरूका पुत्र पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियानका प्रमुख व्यक्तित्व बनेको ऐतिहासिक प्रसंगसमेत प्रस्तुत गरेका थिए।

May be an image of one or more people, speaker and crowd

images

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख डिलाराम खनालले चन्द्रप्रभा माध्यमिक विद्यालयसँग जोडिएको ऐतिहासिक पक्षलाई स्थानीय क्षेत्रमा मात्र सीमित नराखी समेटेर पुस्तक प्रकाशन तथा विद्यार्थीलाई अध्ययन गराउने दिशामा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of one or more people, dais and text

images

कार्यक्रममा विद्यालयमा २५ वर्षभन्दा बढी समय अध्यापन गरी हाल सेवानिवृत्त हुनुभएका शिक्षक तीर्थराज आचार्य, अर्घा रजस्थल माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरज भट्टराई, विद्यालयका निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानाध्यापक पद्मलोचन आचार्य, सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महोत्रा, सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुरा बहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

May be an image of one or more people and text

कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराज पोख्रेलको अध्यक्षता तथा सहप्राध्यापक दिलीप क्षेत्री पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

Nepal life insurance

May be an image of one or more people, dais and text

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णुप्रसाद बेल्बासे, सन्धिखर्क–७ का वडाध्यक्ष चुरा बहादुर केसी, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महोत्रा, सन्धिखर्क–७ का स्वास्थ्य शाखा इन्चार्ज प्रेमचन्द विक, जग्गादाता, चन्दादाता, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

तस्बिर/भिडियो : सन्तोष सुनार, अर्घाखाँची डटकम्

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

May be an image of one or more people, dais and text

May be an image of one or more people, speaker and crowd

May be an image of one or more people, dais and text

 

अर्घाखाँची डटकम् , Arghakhanchi.com