राष्ट्रिय महिला च्याम्पियनसीपको उपाधि जित्नेले ३ लाख पाउने

शनिबारदेखि सुरु हुने राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपको उपाधि जित्ने टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार पत्रकार सम्मेलन गरी पहिलो हुने टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको हो ।
प्रतियोगिताको उप विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ पाउने छ भने सेमिफाइनलमा पुग्ने २ टिमले ५०-५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३ विभागीय टोली र २७ जिल्लाका टिमले भाग लिनेछन् ।
एनसेलको प्रायोजनमा हुने प्रतियोगिताका उत्कृट किपर, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितका खेल रौतहटको चन्द्रनिगाहपुर र बाराको सिमरामा हुने छन् ।