
चितवन । नारायणी नदीको बहाव बढेर तीन घर डुबानमा परेपछि चितवनमा घरको छतमा फसेका १० जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार बिहान करिब १०: ३० बजे भरतपुर महानगरपालिका–१६ झनझनेस्थित गुम्बाचोकमा अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा तीन घर डुबानमा परेका थिए ।


डुबानमा परेका घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको सुरक्षा टोलीले रबरबोटको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।





