हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनि आएको विषयमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।  बुधबार सिंहदरबारमासञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँलेहालसम्म बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका १४ करोड रुपैयाँ मात्र खर्च भएको विवरण प्राप्त भएको बताउनुभयो ।

यद्धपी नेपाली सेनाले खर्च विवरण पठाउन बाँकी रहेको उहाँको भनाइ छ । उहाँल विपद् प्रतिकार्यमा सरकार अझै पनि क्रियाशील रहेको बताउनुभयो । उहाँले नुवाकोट लगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकाहरूलाई एउटै होल्डिङ सेन्टरमा राख्दा भएको असहजता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताउनुभयो ।