प्रतिनिधिले जिम्मेवारी दिए केन्द्रमा उपसभापति पदमा दोहोरिएर काम गर्छु : पुष्पा भुसाल (तस्बिर सहित )

-केशबराज ज्ञवाली, अर्घाखाँची डटकम ।

सन्धिखर्क । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले महाधिवेशन प्रतिनिधिले जिम्मेवारी दिए आफू अझै एक कार्यकाल केन्द्रीय उपसभापति पदमा रहेर पार्टीको सेवामा सक्रिय रहने इच्छा व्यक्त गरेकी छन्।

गृहजिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची डटकम (Arghakhanchi.com) सँग विशेष कुराकानी गर्दै उपसभापति भुसालले पार्टीको नेतृत्वमा रहेर थप एक कार्यकाल काम गर्ने आफ्नो चाहना रहेको बताएकी हुन्।

जारी नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा उनले महाधिवेशनले पार्टीलाई थप परिष्कृत, परिमार्जित र सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरिन्। कांग्रेसभित्र समावेशी सिद्धान्तलाई संस्थागत गर्दै युवा, महिला, दलितलगायत सबै वर्ग र समुदायको समान प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा पार्टी अघि बढिरहेको उनको भनाइ छ।

May be an image of dais, newsroom and text

उपसभापति भुसालले कांग्रेसभित्र परिवर्तनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अब देश परिवर्तन गर्ने मुख्य जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको बताइन्।

विशेष महाधिवेशन वैधानिक प्रक्रिया हो : भुसाल

पार्टीभित्र चर्चामा रहेको विशेष महाधिवेशनको विषयमा बोल्दै भुसालले यो कुनै व्यक्तिको लहड वा व्यक्तिगत रहरका आधारमा नभई देशभरका महाधिवेशन प्रतिनिधिको चाहना र पार्टी विधानअनुसार अघि बढेको प्रक्रिया भएको स्पष्ट पारिन्।

May be an image of one or more people, dais, newsroom and text

उनले पार्टी विधानले महाधिवेशन प्रतिनिधिलाई सर्वोच्च अंगका रूपमा स्वीकार गरेको उल्लेख गर्दै विधानअनुसार प्रक्रिया पूरा गरेर बोलाइएको महाधिवेशन वैधानिक रहेको दाबी गरिन्।

images

असन्तुष्ट पक्षले विशेष महाधिवेशनको विषयलाई राजनीतिक मुद्दाका रूपमा उठाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, “पार्टीको विधानले महाधिवेशन प्रतिनिधिलाई नै सर्वोच्च अंग मानेको हुनाले विधानबमोजिम प्रक्रिया पूरा गरेर डाकिएको यो महाधिवेशन पूर्ण रूपमा वैधानिक छ।”

नेतृत्व स्वीकार्ने तर वैधानिकतामाथि प्रश्न उठाउने प्रवृत्ति ठीक होइन

अन्तर्वार्ताका क्रममा उपसभापति भुसालले पार्टीभित्रको असन्तुष्ट पक्षप्रति लक्षित गर्दै निर्वाचनका बेला नेतृत्वले दिएको टिकट स्वीकार गर्ने र नेतृत्वलाई समेत स्वीकार गर्ने तर अन्य समयमा त्यही नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने प्रवृत्तिले उनीहरूको कानुनी तथा नैतिक आधार कमजोर बनाएको तर्क गरिन्।

images

May be an image of one or more people, dais, newsroom and text

उनले पार्टीभित्र देखिएको मतभिन्नतालाई सामान्य राजनीतिक विवादका रूपमा लिनुपर्ने बताउँदै असहमति र बहसकै बीचबाट कांग्रेस अझ बलियो बन्न सक्ने धारणा व्यक्त गरिन्।

images
कांग्रेस अन्ततः एकताबद्ध हुन्छ : भुसाल

कांग्रेसभित्र अहिले दुई धार देखिनु अस्वाभाविक नभएको बताउँदै भुसालले केही सामान्य कमीकमजोरी भए पनि पार्टी अन्ततः एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरिन्।

उनले आफूहरू सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयासमा रहेको बताउँदै पार्टीलाई थप बलियो बनाउन संवाद र सहकार्यलाई प्राथमिकता दिइने स्पष्ट पारिन्।

May be an image of one or more people, dais and text

“सबै पक्षलाई समेटेर अघि बढ्ने हाम्रो प्रयास हो। पार्टीभित्र देखिएका असहमति र मतभिन्नतालाई संवादका माध्यमबाट समाधान गर्दै कांग्रेसलाई थप एकताबद्ध र बलियो बनाउनुपर्छ,” भुसालले भनिन्।

Nepal life insurance

उनले पार्टीभित्रको आन्तरिक विवादलाई लामो समयसम्म कायम राख्नुभन्दा आपसी संवाद, सहकार्य र समझदारीमार्फत समाधान खोज्नुपर्नेमा जोड दिइन्।

May be an image of newsroom, dais and text

उपसभापति भुसालले आगामी दिनमा कांग्रेसलाई थप सुदृढ, समावेशी र जनतासँग जोडिएको पार्टीका रूपमा अघि बढाउन सबै नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताइन्।

तस्बिर : केशबराज ज्ञवाली, अर्घाखाँची डटकम

May be an image of one or more people, dais and text

May be an image of dais, newsroom and text

May be an image of dais and text