राष्ट्रिय खेलकुद परिषद् राखेपले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकविजेता खेलाडीलाई प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेको छ ।
वर्ष २०६८/०६९ मा भएका विभिन्न दक्षिण एसियाली र एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नेलाई नगद पुरस्कार प्रदान गरिएको हो । अफिसियल खेलको स्वर्ण विजेतालाई ७ हजार ५ सय १० रुपैयाँ तथा नन् अफिसियलको स्वर्ण विजेतालाई २ हजार ८ सय ९० रुपैयाँ प्रदान गरियो ।
७ अफिसियलसहित विभिन्न ११ खेलका ६१ खेलाडीलाई कूल ३ लाख ७४ हजार ९ सय ५० रुपैयाँ वितरण गरिएको थियो । खेलाडीको छनोट गर्न खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालको संयोजकत्वमा ९ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको थियो । – RSS



