
विश्व इतिहासमा अक्टोबर १२ का दिन घटेका केही प्रमुख राजनीतिक, भौगोलिक तथा ऐतिहासिक घटनाहरू मध्ये क्रिस्टोफर कोलम्बसको नेतृत्वमा रहेको स्पेनिश अभियान दलले ५ हप्ताभन्दा लामो समुद्र यात्रापछि अक्टोबर १२ का दिन पहिलो पटक क्यारिबियन सागरस्थित बहामासको टापु (सान साल्भाडोर) मा भूमि फेला पारेको थियो।
क्रिस्टोफर कोलम्बसद्वारा अमेरिकन भूमिमा प्रवेश (सन् १४९२): इटालियन खोजकर्ता क्रिस्टोफर कोलम्बसको नेतृत्वमा रहेको स्पेनिश अभियान दलले ५ हप्ताभन्दा लामो समुद्रयात्रापछि अक्टोबर १२ का दिन पहिलो पटक क्यारिबियन सागरस्थित बहामासको टापु (सान साल्भाडोर) मा भूमि फेला पारेको थियो। यस घटनालाई अमेरिकी महाद्वीपमा युरोपेलीहरूको प्रवेश र वसादीकरणको आरम्भबिन्दु मानिन्छ।


ब्राजिलको स्वतन्त्रता घोषणा (सन् १८२२): पोर्चुगलबाट पूर्ण रूपमा स्वतन्त्र भएको घोषणा गर्दै अक्टोबर १२ कै दिन डोम पेड्रो प्रथम ले ब्राजिलको पहिलो सम्राटको रूपमा ताज पहिरिएका थिए । सोही दिनलाई ब्राजिलमा औपचारिक रूपमा स्वतन्त्रता र राजकीय मान्यतासँग जोडेर हेर्ने गरिन्छ।

संयुक्त राष्ट्रसंघमा ख्रुश्चेभको जुत्ता प्रहारको घटना (सन् १९६०) : संयुक्त राष्ट्रसंघको महासभा चलिरहँदा सोभियत संघका प्रधानमन्त्री निकिता ख्रुश्चेभले उपनिवेशवादसम्बन्धी एक बहसका क्रममा आफ्नो जुत्ता निकालेर टेबलमा ठोक्दै चर्को विरोध जनाइका थिए । शीतयुद्धको कालखण्डमा यो घटना कूटनीतिक इतिहासकै सबैभन्दा अनौठो र चर्चित विरोध प्रदर्शनहरूमध्ये एक मानिन्छ।
सोभियत संघद्वारा पहिलो अन्तरिक्ष यात्री दलको उडान (सन् १९६४) :सोभियत संघले ‘भोस्खोद १’ अन्तरिक्षयान सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो। मानव इतिहासमा पहिलो पटक एकै साथ तीन जना अन्तरिक्ष यात्रीहरूलाई बिना स्पेससुट अन्तरिक्षमा पठाइएको यो नै पहिलो उडान थियो, जसले अन्तरिक्ष दौडमा सोभियत संघको वर्चस्वलाई थप बलियो बनाएको थियो।

पहिलो ‘अक्टोबर फेस्ट’ को सुरुवात (सन् १८१०) : बभियाका युवराज लुडविग (प्रिन्स लुडविग) र राजकुमारी थेरे सेको विवाहको खुसीयालीमा जर्मनीको म्युनिख सहरमा अक्टोबर १२ का दिन पहिलो पटक विशाल सार्वजनिक उत्सव आयोजना गरिएको थियो। पछि गएर यही उत्सव विश्वप्रसिद्ध सांस्कृतिक पर्व ‘अक्टोबरफेस्ट’ का रूपमा वार्षिक रूपमा मनाउन थालियो।




