
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा काठमाडौंको खुलामञ्चमा कुनै किसिमको क्षति भए त्यसको क्षतिपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।


पत्रमा महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि २३ गतेसम्म खुलामञ्च बुकिङ गरिएको र महाधिवेशन सञ्चालनका क्रममा खुलामञ्च परिसरमा कुनै क्षति हुन गएमा नेपाली कांग्रेसका तर्फबाट क्षतिपूर्ति गरिने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ । महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम सफल र व्यवस्थित रूपमा आयोजना गर्न महानगरपालिकाबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास पनि कांग्रेसले व्यक्त गरेको छ ।

कांग्रेसले सहयोग, समन्वय र सहजीकरणका लागि महानगरपालिकालाई धन्यवादसमेत दिएको छ ।
खुलामञ्चमा महाधिवेशनका क्रममा क्षति भएको विषय मिडिया र सामाजिक सञ्जालमा आएपछि काँग्रेसले महानगरलाई पत्र लेख्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।





