नर्वेजियन सरकारले १७२ मिलियन नर्वेजियन क्रोनर अनुदान सहयोग गर्ने

नर्वेजियन सरकारले राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रम कार्यान्वयनका लागि उपलब्ध गराउन १ सय ७२ मिलियन नर्वेजियन क्रोनर अनुदान सहयोग गर्ने भएको छ ।

 

मन्त्रिपरिषदले नर्वेसित सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटालाई अख्तियारी प्रदान गरेको छ ।