बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाको ६९ वर्षको उमेरमा निधन


 

हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको ६९ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि विरामी रहेका थिए ।

 

 

उनका परिवारजन तथा आफन्तहरु बान्द्रस्थित घरमा जम्मा भएका छन्। आजै साँझ उनको अन्त्येस्टी गरिने बताइएको छ।


रक्सी ज्यादै पिएका कारण उनको कलेजो खराव भएको थियो। पत्‍नी डिम्पल कपाडीया, छोरीहरु रिङ्की र ट्विङ्कल खन्ना, ज्वाइँ अक्षयकुमार र आफन्तहरुकै सामु उनले आँखा चिम्लिए।

 

खन्नाको मुम्बईस्थित निजी निवास ‘आशिर्वाद’ मा निधन भएको हो ।

 

केही समय यता गम्भीर बिरामी रहेका खन्ना पटक-पटक अस्पताल भर्ना हुँदै आएका थिए । पछिल्लो पटक गत शनिबार लिलावती अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले मंगलबार डिस्चार्ज गरेका थिए । 


राजेशले आराधना, अमर प्रेम, सफर, कटी पतंग, आनन्दलगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् ।

 

२९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्मिएका राजेश खन्नाको वास्तविक नाम भने जतिन खान हो । १९६६ मा उनी पहिलोपटक पर्दामा देखिएका थिए । तर वास्तविक अभिनय देखाउन राजेशले १९६९ मा फिल्म आराधना कुर्नुपर्‍यो । उनका एकपछि अर्को गर्दै १४ फिल्म सुपरहिट भए ।

 

राजेशका तीन छोरी र दुई छोरा छन् । सम्बन्ध विच्छेद गरे पनि बिरामी भएपछि पत्नी सँगै थिइन् । सन् १९७३ मा विवाह गरेका उनी ११ वर्षपछि अलग भएका थिए ।

 

 

 १९८० सम्म अभिनय गरेका उहाँले निर्माणको काम समेत गरे । राजेश फिल्मसँगै ९० को दशकमा राजनीति प्रवेश गरे । सन् १९९० को दशकमा फिल्मबाट विदा लिएका खन्नाले १९९१ मा राजनीति सुरु गरेका थिए । कांग्रेसबाट टिकट पाएपछि खन्नाले लोसकभाको चुनाव लडेका थिए र नयाँदिल्ली लोकसभा क्षेत्रबाट सांसद बनेका भने राजीव गान्धीको आग्रहका कांग्रेसको चुनाव प्रचार प्रसारमा समेत जुटेका थिए ।