नेपाल अटो मेकानिक्स ट्रेड युनियनको तालिम भवनको उद्घाटन

– कृष्ण खनाल


बुटवल  साउन ४ । नेपाल अटो मेकानिक्स ट्रेड युनियनले बुटवलले अटो मकानिक्सको तालिम प्रदानको लागि निर्माण गरेको भवनको  नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु रिमालले   एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।  

 

 भवनको उद्घाटन गर्दै उहाँले यसबाट नेपाली युवाहरुलाई अटो मेकानिक्स सम्बन्धि प्राबिधिक तालिम प्रदान गरि देशमै स्वरोजगार सिर्जना गर्ने र बिदेशीने क्रम समेत रोक्ने बिश्वास व्यक्त गर्नुभयो । 

 
झण्डै २० लाखको लागतमा निर्माण गरिएको १ तले सो भवनमा अफिस तथा तालिम कक्ष निर्माण गरिएको नेपाल अटो मेकानिक्स ट्रेड युनियन महासंघका उपाध्यक्ष तथा बुटवलका अध्यक्ष जिवन अधिकारीले जानकारी दिनुभयो ।

 

उद्घाटन कार्यक्रममा अटो मेकानिक्स ट्रेड युनियनका उपाध्यक्ष माधव पाण्डे अटो मेकानिक्स डिलर एशासियसनका अध्यक्ष सौरभ ज्योति उपाध्यक्ष शेखर गोल्छा लगायतले हाल मुलुकका करिव ३ प्रतिसतले मात्र मोटरसाईकल प्रयोग गरेको र ४ पाङ्ग्रे गाडी प्रयोग कर्ता त अझै न्यून रहेको अवस्थामा राज्यले यस्ता बस्तुको आयातमा कर घटाउनुको साथै मुल्य समेत घटाउनु पर्ने बताएका थिए ।

 

उनीहरुले पछिल्लो समयमा राज्यले यातायातको साधनलाई विलासिताको बस्तुको रुपमा हेर्ने गरेका कारण मोटरसाईकलमा २६ प्रतिसत र ४ पाङ्ग्रेमा ४ प्रतिसत बजार खुम्चिएको पनि बताए ।


कार्यक्रममा बुटवलका पूर्व मेहर भोजप्रसाद श्रेष्ठ जिफण्टका लुम्बिनी राप्ती अध्यक्ष हरि कार्की खक्कड विष्ट लगायतले शुभकामना व्यक्त गरेका थिए ।