बिश्वविद्यालय बुद्धिचाल सुरु

काठमाडौ ६ साउन । प्रथम क्याथफोर्ड राष्ट्रिय बिश्वविद्यालय बुद्धीचाल प्रतियोगिताको उद्घाटन खेलमा केही अप्रत्यासित नतीजा देखिएका छन् । शिर्ष बरियताका खेलाडी गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ रिचमन्ड इन्टरनेसनल कलेजका कृष्ण मर्हजनसंग बराबरीमा रोकिए । यसै गरी पाँचौ बरियताका केन्द्रिय क्याम्पस कीर्तिपुरका रमेश अधिकारी एस कलेजका राजन  मर्हजनसंग बराबरीमा रोकिए ।


पाटन संयुक्त क्याम्पसका सजिन मर्हजन तथा सौरभ प्रधान दमक बहुमुखी क्याम्पसका प्रकाश नेपाल र शंकरदेवका पुरुषोत्तम चौलागाईंले विजयी सुरुवात गरे । सिबीएम कलेजका सुसील चौधरी पिरामिडका सुरज पण्डित एडभान्स इन्जिनियिरंङ कलेजका निकेश दुवाल गोल्डेनगेटका रौशन कुमार जयसवाल र प्रसान भासिमाले विजयी सुरुवात गरे ।


प्रतियोगिता स्वीस लिग प्रणली अनुसार पाँच दिनसम्म नौ चरणमा सचालन हुने छ भने यसमा देशका पाँचवटै विश्वविद्यालयबाट १ सय ४३ खेलाडीको सहभागिता रहेको छ । युनिग्लोब कलेजमा जारी प्रतियोगिताको आइतबार बिहान ११ बजे दोस्रो र दिउँसो २ बजे तेस्रो चरणको खेल हुनेछन् ।