एनपीएलः तीन संस्करणको यात्रा, कीर्तिपुरको मैदानबाट शुरु भएको नयाँ युग

नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो। डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको उत्साह सधैँ ठूलो शक्ति रह्यो । तर खेलाडीको भविष्य, घरेलु प्रतियोगिताको नियमितता, पूर्वाधार, व्यावसायिक लगानी र संस्थागत स्थायित्वका प्रश्न सँगसँगै रहिरहे। नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवात यही पृष्ठभूमिमा भएको हो । यसको महत्व क्रिकेट खेलाउने अर्को प्रतियोगिता थपिनुमा मात्र होइन, खेललाई नियमित लगानी, प्रायोजन, प्रशारण, टिकट विक्री, खेलाडीको पारिश्रमिक र टोली व्यवस्थापनसँग जोड्ने प्रयासमा छ । सन् २०२४ मा शुरु भएको एनपीएलले तीन संस्करणसम्म आइपुग्दा घरेलु क्रिकेटको व्यावसायिक सम्भावना देखाएको छ ।

पहिलो संस्करणले प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनायो, दोस्रोले यसको बजार विस्तार हुने संकेत दियो र तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता तथा निर्णय पुनरावलोकन प्रणालीसहित नयाँ चरणमा प्रवेश गरेको छ । तथापि, एनपीएलको वास्तविक सफलता दर्शकको भीड वा विदेशी खेलाडीको चर्चाबाट मात्र होइन, नेपाली क्रिकेटमा यसले छाड्ने दीर्घकालीन प्रभावबाट मापन गरिनुपर्छ ।

तीन संस्करणको इतिहास, उपाधि र प्रतिष्पर्धाको बदलिँदो स्वरूप
एनपीएलको पहिलो संस्करण सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भयो । आठ टोली सहभागी प्रतियोगितामा ३२ खेल भए । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स पहिलो च्याम्पियन बन्यो । सुदूरपश्चिमले बनाएको १८४ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । दोस्रो संस्करण सन् २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना भयो । त्यसमा पनि आठ टोली र ३२ खेलकै संरचना कायम रह्यो । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले उपाधि जित्यो । यसरी पहिलो दुई संस्करणमा सुदूरपश्चिम लिग चरणमा बलियो देखिए पनि फाइनलमा लगातार पराजित भयो । तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिता शुरु हुनुअघि नै यसको नतिजा अनुमान गर्नु उचित हुँदैन तर घोषित संरचनाले अघिल्ला दुई संस%8