मुसलमान समुदायको पवित्र महिना रमजान शुरु


काठमाडौ । मुसलमान समुदायको पवित्र महिना रमजान शनिवारदेखि शुरु भएको छ । शुक्रवारराती चन्द्रमा देखिएका ठाउँमा शनिवारदेखि रमजान शुरु भएको हो । शुक्रवार राती चन्द्रमा नदेखिएका ठाउँका भने आइतबारदेखि मात्र यो पर्व मनाईन्छ ।


रमजानमा हरेक दिन रोजा बस्ने र बेलुकी सूर्याअस्तको समयमा मात्र रोजा खोलेर शुद्ध खानेकुरा खाने गरिन्छ । यो महिनाभर आफ्नो आम्दानीको साँढे दुई प्रतिशत सम्पत्ति दान दिनुपर्ने कुरआनमा उल्लेख छ । यो क्रम हिजरी सम्वतको अर्को महिना अर्थात ईदुलअजाह शुरु नभएसम्म चलिरहन्छ ।


यसैबीच जनकपुर र आसपासको क्षेत्रमा मधुश्रावनी पर्व शुरु भएको छ । विवाह भएको पहिलो वर्षमा मिथिला क्षेत्रका महिलाले माईतमा गएर यो पर्व मनाउने गर्छन् । – RSS