झण्डै १९ करोड रुपैयाँ भन्दा बढी ऋण लिएर ठगी गरेको अभियोगमा पक्राउ

प्राप्त समाचार अनुसार बैंकबाट करोडौं रुपैयाँ लिएर फरार रहँदै आएका मोहन साहनीलाई आईतवार प्रहरीले पक्राउ गरेको छ । नेपाल बैंकबाट झण्डै १९ करोड रुपैयाँ भन्दा बढी ऋण लिएर ठगी गरेको अभियोगमा विशेष अदालले सात वर्ष अघि साहनीलाई दश करोड पचास लाख रुपैयाँ जरिवाना गरेपछि उनी फरार रहँदै आएका थिए । लुकीछिपी बसेको अवस्थामा नेपाल प्रहरीको सीआइबीले आज उनलाई त्रिपेश्वरबाट पक्राउ गरेको हो ।


समाचार अनुसार मोहन साहनी समूह अन्र्तगत रहेका विभिन्न पन्ध्रवटा फर्म, कम्पनी तथा उद्योगका नाममा उक्त समूहले कर्मचारीसंगको मिलेमतोमा नेपाल बैंक लिमिटेडबाट १९ करोड भन्दा बढी ऋण लिएको प्रहरीले जनाएको छ ।

 

 कमसल जग्गा, भीरपाखो तथा नदी खोला किनारको जग्गा धितो राखेर ऋण लिएको र ऋण लिनकै लागि त्यस्ता जग्गा किन्ने गरिएको पनि प्रहरीले जनाएको छ ।

यस्तै गतसाल जालसाजी मुद्धामा जिल्ला अदालत काठमाडौबाट २७ लाख विगो तथा जरिवना असूल्न आदेश भएका श्यामप्रसाद सैंजूलाई पनि प्रहरीले आजै पक्राउ गरेको छ ।