
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित २० जना पदाधिकारीको वरीयता निर्धारण गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि वरीयता सूची टुंगो लगाएको हो ।
निर्धारित वरीयताअनुसार सभापति गगन थापा पहिलो नम्बरमा रहेका छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो नम्बरमा छन् ।त्यस्तै, उपसभापतिहरूमध्ये डा. चन्द्रकान्त भण्डारी चौथो, मधु आचार्य पाँचौँ र विनोद चौधरी छैटौँ नम्बरमा रहेका छन् ।


महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदयशमशेर राणा नवौँ नम्बरमा छन् ।पार्टीले निर्धारण गरेको सूचीअनुसार सहमहामन्त्रीहरूमा बहादुर सिंह लामा दसौँ, योगेन्द्र चौधरी एघारौँ, प्रकाश स्नेही रसाइली बाह्रौँ, जीवन शाही तेह्रौँ र अजय चौरसिया चौधौँ नम्बरमा रहेका छन् ।

त्यसैगरी, आङ्गेलु शेर्पा पन्ध्रौँ, रामहरि खतिवडा सोह्रौँ, प्रतिमा गौतम सत्रौँ, अजयबाबु सिवाकोटी अठारौँ, मनोजमणि आचार्य उन्नाइसौँ र डा. फिरदोस आलम बीसौँ नम्बरमा रहेका छन् ।वरीयता सूचीमा सभापतिपछि वरिष्ठ उपसभापति, महिला उपसभापति, अन्य उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई क्रमशः स्थान दिइएको छ ।




