अर्घाखाँचीमै सुरु भयो ब्लुबुक नवीकरण सेवा, जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अन्त्य (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची ।

अर्घाखाँचीका सवारीसाधन धनीले अब ब्लुबुक नवीकरणका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। शुक्रबारदेखि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमार्फत यातायातसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरिएको छ।

May be an image of one or more people and text

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनलाइन प्रणालीमार्फत सेवाको शुभारम्भ गर्नुभएको हो। जिल्लामै यातायातसम्बन्धी सेवा सुरु भएपछि ब्लुबुक नवीकरणलगायतका सामान्य कामका लागि रूपन्देही तथा अन्य जिल्ला पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people, hospital, dais and text

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत दुर्गा न्यौपानेको अध्यक्षतामा आयोजित सेवा शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल र लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरलगायतको उपस्थिति रहेको थियो।

May be an image of one or more people, hospital and text

सेवा शुभारम्भका अवसरमा पहिलो सेवाग्राहीका रूपमा सेवा लिने सुबास शाही, तेजबहादुर हौजली र हुमबहादुर खत्रीलाई खादा, फूल तथा अबिर लगाएर सम्मान गरिएको थियो।

May be an image of one or more people and text

लामो समयदेखि यातायातसम्बन्धी सामान्य सेवा लिनसमेत जिल्ला बाहिर जानुपर्ने समस्या भोग्दै आएका जिल्लावासीका लागि यो सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब स्थानीयस्तरबाटै सेवा प्राप्त गर्न सकिने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

images

May be an image of temple and text

जिल्लामै यातायातसम्बन्धी सेवा विस्तार भएसँगै अर्घाखाँचीका नागरिकलाई सरकारी सेवा प्राप्त गर्न थप सहज हुने विश्वास गरिएको छ।

images

May be an image of temple and text