नयाँ महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान, आजै पदभार ग्रहण गर्दै

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त महानिरीक्षक केसीले आजै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गर्ने भएका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यस्तै निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो ।