आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलरको मूल्य निरन्तर ओरालो अस्ट्रेलियन डलरको भाउ पनि थप घट्यो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मुद्रा महँगिएका थिए।

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो।

विगत केही दिनदेखि अमेरिकी डलरको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा छ। हिजो युरो युरो १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

images

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

images