आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावट

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

हिजो पनि यी सबै मुदाको भाउ घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा थियो।

विगत केही दिनदेखि अमेरिकी डलरको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा छ। हिजो  युरो १ को खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

images

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

images