बुद्धिचाल प्रशिक्षण हुने

नेपाल बुद्धिचाल संघको आयोजनामा भोलीबाट तीन दिने बिशेष बुद्धिचाल प्रशिक्षण हुँदैछ । प्रशिक्षणमा यहि अगष्ट २७ तारिखदेखि सेप्टेम्बर १० तारिखसम्म इस्तानबुल टर्कीमा हुने ४०औं चेस ओलम्पियाड खेल्ने पाँचजनासहित १५ जना खेलाडीहरु सहभागी हुनेछन् ।

 

राखेप परिसर त्रिपुरेश्वरमा संचालन हुने यस प्रशिक्षणको लागि दक्षिण एशियाका पहिलो ग्रान्डमास्टर नियाज मुसर्िद बंगलादेशबाट बुधबार नेपाल आईसकेका छन् ।