आजको राशिफलः आज वि.सं. २०८३ मंसिर ४ गते शुक्रबार, ई.सं. २०२६ नोभेम्बर २०, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलाथ्व

आजको राशिफलः वि.सं. २०८३ मंसिर ४ गते शुक्रबार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी

आजको राशिफलः वि.सं. २०८३ मंसिर ४ गते शुक्रबार, ई.सं. २०२६ नोभेम्बर २०, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलाथ्व, कार्तिक शुक्लपक्ष दशमी तिथि बिहान ७:३१ बजेसम्म, त्यसपछि एकादशी आरम्भ हुनेछ। पूर्वभाद्रपदा नक्षत्र बिहान ७:११ बजेसम्म, त्यसपछि उत्तराभाद्रपदा नक्षत्र लाग्नेछ। चन्द्रमा मीन राशिमा रहनेछन्। हर्षण योग बिहान ६:५५ बजेसम्म, त्यसपछि वज्र योग लाग्नेछ। गर करण बिहान ७:३१ बजेसम्म, त्यसपछि वणिज करण रहनेछ। सूर्य वृश्चिक राशिमा रहेका छन्। सूर्योदय बिहान ६:२९ बजे र सूर्यास्त साँझ ५:१० बजे हुनेछ।

आज हरिबोधिनी एकादशी व्रत तथा तुलसी विवाह मनाइँदैछ। भगवान् विष्णु क्षीरसागरमा चार महिनाको योगनिद्राबाट जागृत हुने धार्मिक विश्वासका आधारमा यस दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन तुलसीको विवाह भगवान् विष्णुको स्वरूप शालिग्रामसँग गराउने परम्परा छ। व्रत, पूजा, भजनकीर्तन तथा तुलसी आराधना गरी पुण्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो क्षमता र मेहनतको उचित मूल्याङ्कन हुन सक्छ। आर्थिक पक्षमा सुधार आउने सङ्केत देखिए पनि अनावश्यक खर्चबाट बच्नुहोला। व्यापार–व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ। परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा थकान र तनाव कम गर्न आराममा ध्यान दिनुहोला। (आजका लागि शुभ रङः रातो, शुभ अङ्कः ९)

 

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज भाग्यको साथ प्राप्त हुने र रोकिएका काम अघि बढ्ने सम्भावना छ। अध्ययन, अध्यापन तथा धार्मिक गतिविधिमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनुहोला। व्यापारमा पुराना सम्पर्कबाट लाभ मिल्न सक्छ। पारिवारिक जीवनमा खुसी र सद्भाव कायम रहनेछ। स्वास्थ्यमा खानपान र नियमित दिनचर्यामा ध्यान दिनुहोला। (आजका लागि शुभ रङः सेतो, शुभ अङ्कः ६)

 

images

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज केही विषयमा सावधानी र संयम अपनाउनुपर्ने समय छ। आर्थिक कारोबार गर्दा कागजात तथा हिसाबकिताबमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा गोपनीयता कायम राखेर काम गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा नयाँ लगानी गर्नुअघि पर्याप्त विचार गर्नु राम्रो हुनेछ। पारिवारिक विषयमा सानातिना असमझदारी देखिए पनि संवादबाट समाधान हुनेछ। स्वास्थ्यमा मानसिक तनाव र निद्राको कमी हुन नदिनुहोला। (आजका लागि शुभ रङः हरियो, शुभ अङ्कः ५)

 

images

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज साझेदारी तथा सहकार्यबाट लाभ प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर मिल्न सक्छ। व्यापार–व्यवसायमा आपसी समझदारीले राम्रो परिणाम दिलाउनेछ। आर्थिक पक्षमा सुधार आउने सङ्केत छ। प्रेम तथा दाम्पत्य जीवनमा विश्वास र आत्मीयता बढ्नेछ। परिवारका सदस्यसँग महत्त्वपूर्ण विषयमा छलफल हुन सक्छ। स्वास्थ्यमा खानपान र आराममा ध्यान दिनुहोला। (आजका लागि शुभ रङः सेतो, शुभ अङ्कः २)

 

images

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कामकाजमा व्यस्तता बढ्ने र जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउन सक्छ। मेहनत र लगनशीलताले कार्यक्षेत्रमा राम्रो परिणाम दिलाउनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउँदा लाभ हुनेछ। व्यापारमा प्रतिस्पर्धा भए पनि आफ्नो क्षमता प्रदर्शन गर्न सकिनेछ। सहकर्मी तथा सहयोगीबाट साथ प्राप्त हुनेछ। स्वास्थ्यमा थकान तथा पाचनसम्बन्धी समस्याप्रति ध्यान दिनुहोला। (आजका लागि शुभ रङः सुन्तला, शुभ अङ्कः १)

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज सिर्जनात्मक काममा सफलता प्राप्त गर्ने अवसर मिल्न सक्छ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्ने समय छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक लाभको सम्भावना रहे पनि लगानी गर्दा पर्याप्त विचार गर्नुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। सन्तानको प्रगति वा शुभ समाचारले मन प्रसन्न हुन सक्छ। स्वास्थ्यमा नियमित व्यायाम र खानपानमा ध्यान दिनुहोला। (आजका लागि शुभ रङः हरियो, शुभ अङ्कः ५)

 

Nepal life insurance

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पारिवारिक तथा व्यक्तिगत विषयमा बढी समय दिनुपर्ने हुन सक्छ। घरजग्गा तथा सम्पत्तिसम्बन्धी काममा सकारात्मक पहल हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा हतार नगर्नुहोला। परिवारका सदस्यसँगको सम्बन्धमा आपसी समझदारी आवश्यक हुनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुँदा मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा आराम र नियमित खानपानमा ध्यान दिनुहोला। (आजका लागि शुभ रङः गुलाबी, शुभ अङ्कः ६)

 

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ व्यक्तिसँगको भेटघाट र सम्पर्कले लाभदायक अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार र योजना प्रस्तुत गर्ने मौका मिल्न सक्छ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ सम्झौता वा काम अघि बढ्न सक्छ। छोटो यात्राको अवसर मिल्न सक्छ। दाजुभाइ तथा साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। बोली र व्यवहारमा संयम अपनाउँदा थप सफलता मिल्नेछ। (आजका लागि शुभ रङः मरुन, शुभ अङ्कः ९)

 

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आर्थिक तथा पारिवारिक विषयमा ध्यान दिनुपर्ने समय छ। आम्दानीका नयाँ सम्भावना देखिए पनि खर्च व्यवस्थापनमा सचेत रहनुहोला। कार्यक्षेत्रमा आफ्नो मेहनतको उचित मूल्याङ्कन हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ योजना बनाउन अनुकूल समय रहनेछ। बोलीमा संयम अपनाउँदा सम्बन्धमा सकारात्मक प्रभाव पर्नेछ। परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा घाँटी तथा मुखसम्बन्धी समस्याप्रति सावधानी अपनाउनुहोला। (आजका लागि शुभ रङः पहेँलो, शुभ अङ्कः ३)

 

मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्ने उत्साह मिल्न सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउने सङ्केत छ। सामाजिक सम्बन्ध विस्तार हुने र सहयोग प्राप्त हुने सम्भावना छ। प्रेम तथा दाम्पत्य जीवनमा आपसी विश्वास बढ्नेछ। स्वास्थ्यमा शरीरको थकान र मानसिक तनाव कम गर्ने प्रयास गर्नुहोला। (आजका लागि शुभ रङः नीलो, शुभ अङ्कः ८)

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज केही विषयमा गोपनीयता र सावधानी अपनाउनुपर्ने देखिन्छ। कार्यक्षेत्रमा पर्दापछाडि गरिएका प्रयासले भविष्यमा राम्रो परिणाम दिन सक्छन्। आर्थिक कारोबारमा अरूको भरमा मात्र निर्णय नगर्नुहोला। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। परिवारमा समय दिनु आवश्यक हुनेछ। स्वास्थ्यमा निद्रा र आरामको कमी हुन नदिनुहोला। (आजका लागि शुभ रङः नीलो, शुभ अङ्कः ८)

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चन्द्रमा आफ्नै राशिमा रहने भएकाले आत्मविश्वास र सक्रियता बढ्नेछ। नयाँ योजना तथा काममा अघि बढ्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा सहकार्यबाट राम्रो उपलब्धि हासिल हुनेछ। आर्थिक पक्षमा सुधार आउने सङ्केत छ। व्यापार–व्यवसायमा नयाँ सम्पर्क उपयोगी बन्न सक्छ। प्रेम तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुँदा मनमा शान्ति मिल्नेछ। (आजका लागि शुभ रङः पहेँलो, शुभ अङ्कः ३)

 

डा. खेमराज मिश्र, पीएचडी, उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, काठमाडाैं