
काठमाडौँ । मिस युनिभर्सको ७५औँ संस्करणको उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जितेकी छन् । प्युर्टो रिकोको राजधानी सान हुआनमा आयोजित प्रतियोगितामा ११६ देश तथा क्षेत्रका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
डोमिनिकन गणतन्त्रकी मेलिसा नुनेज फर्स्ट रनरअप बनिन् भने भेनेजुएलाकी क्लारा भेगास गोएट्ज सेकेन्ड रनरअप र फिलिपिन्सकी बी मिलान-विन्डोर्स्की थर्ड रनरअप घोषित भइन्।


विजेताका लागि १८ क्यारेट सेतो सुनबाट बनेको र ३ हजार १५० वटा हिरा जडित विशेष मुकुट तयार गरिएको थियो । प्रतियोगिताको ७५औँ वर्षगाँठका अवसरमा उक्त मुकुट बनाइएको हो ।

यस वर्षको प्रतियोगिता विभिन्न विवादमा पनि परेको थियो । भियतनामकी विजेताबाट उपाधि फिर्ता लिइएको थियो भने फ्रेन्चाइज विवादका कारण दक्षिणपूर्वी एसियाका छ देशका प्रतिस्पर्धीले अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउन पाएनन् । केही अफ्रिकी देशका प्रतिस्पर्धीले अमेरिकी प्रवेशाज्ञा नपाएपछि नाम फिर्ता लिएका थिए ।




