कपिलवस्तुमा जमिनमा घिस्रिएर पूजा गर्नेको संख्या बढ्दै

कपिलवस्तुमा साउने सोमबारको अवसर पारेर जमिनमा घिस्रिएर पूजा गर्नेको संख्या बढ्दै गएको छ ।

 

आज मात्र बाणगंगा नदीमा स्नान गरेर पाँच घण्टा बढि जमिनमा घिस्रिएर १५ हजार बढी भक्तजनले तौलिहवास्थित ताम्रेश्वर महादेवको मन्दिरमा जलार्पण गरेका छन् ।

मन्दिरमा जलार्पण गर्नेहरुले रातभर जाग्राम बसी बिहान स्नान गरि जल चढाउने गर्दछन् । महिनाभर शिव मन्दिरमा जल चढाउँदा पूण्य मिल्ने बिश्वासका साथ नेपाल र भारतका विभिन्न शहरबाट भक्तजन तौलिहवा आउने गर्छन् ।


सदरमुकाम तौलिहवादेखि ५ किलोमिटर टाढा रहेको बाणगंगा नदीमा जल लिन आउनेहरु रातभर नदी किनारमा बसेर नाचगान गर्ने गर्दछन् । – RSS