ओलम्पिक: चीनको वर्चस्व कायमै

लन्डन    – डाइभिङका वल्र्ड च्याम्पियन चेन रुओलिन र वाङ हाओले वुमेन्स १० मिटर सिन्क्रो प्लेटर्फममा स्वर्णपदक मंगलबार जितेका छन् ।


डाइभिङमा तेस्रो स्वर्ण हात पारेपछि चीनले लन्डन ओलम्पिकको पदक तालिकामा वर्चस्व कायमै


राख्यो । चेन र वाङको जोडीको सफलतासँगै ओलम्पिकमा चीनको स्वर्ण संख्या १० पुगेको छ । उसले ५ रजत र ३ कांस्य पनि जितेको छ । दोस्रोमा रहेको अमेरिकाले ६ स्वर्ण, ७ रजत र ५ कांस्य हात पारेको छ ।


चेनले बेइजिङ ओलम्पिकको व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । वुमेन्स १० मिटर सिन्क्रो प्लेटर्फममा मेक्सिकोले रजत र क्यानडाले कांस्य हात पारे । चीनका वु मिन्जिया र ही जीले वुमेन्स सिन्क्रोनाइज्ड ३ मिटर स्पि्रङबोर्ड तथा काओ युआन र झाङ यानक्वानले मेन्स १० मिटर प्लेटर्फममा स्वर्ण जितेका थिए । एएफपी),