ब्रहृमाकुमारी केन्द्रद्वारा राष्ट्रपतिसहित शीर्षनेतालाई रक्षाबन्धन

जनैपूणिर्माको अवसरमा ब्रहृमाकुमारी राजयोग सेवा केन्द्रका निर्देशक ब्रहृमाकुमारी राजदिदी र ब्रहृमाकुमारी मेनुकाले राष्ट्रपतिसहित मुलुकका विभिन्न पार्टीका शीर्षनेतालाई रक्षाबन्धन लगाइदिनुभएको छ ।
राष्ट्रपतिभवन शीतलनिवास पुगेर ब्रहृमाकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक ब्रहृमाकुमारी राजदिदी र मेनुकाले राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिनुभएको थियो । 
राष्ट्रपति डा यादवले मुलुकमा दिगो शान्ति र सद्भाव कायम गर्न यस्ता चाडले अनेकतामा एकता ल्याउने र आपसी हितमा लाग्न अभिपे्ररित गर्ने गरेका छन् भन्दै समाज सुधार र सद्चरित्र निर्माणमा समेत यस दिनले सहयोग पुर्‍याउने बताउनुभयो ।
ब्रहृमाकुमारी राजदिदी र मेनुकाले उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश खिलराज रेग्मी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँगे्रस सभापति सुशील कोइराला र पूर्वसभामुख सुवास नेम्बाङलाई पनि रक्षाबन्धन लगाइदिनुभएको छ । 
यसैगरी उपप्रधानमन्त्री विजयकुमार गच्छदार, शान्तिमन्त्री टोपबहादुर रायमाझी, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी, शिक्षामन्त्री दीनानाथ शर्मा, अर्थमन्त्री वर्षमान पुनलाई रक्षाबन्धन लगाइदिनुभएको छ ।